विदेशबाट खानेपानी आयात गरिन्छः मन्त्री मगर

Prabhu Bank

काठमाडौं । खानेपानी मन्त्रालयले नेपालको खानेपानी कतारलगायत विदेशी मुलुकमा पठाउने तयारी गरिरहेका बेला मन्त्री बिना मगरले विदेशबाट खानेपानी आयात गरिने बताएकी छन् । शुक्रबार राष्ट्रियसभामा बोल्दै मन्त्री मगरले नेपाल विश्वमा जलस्रोतको दोस्रो धनी देश भए पनि विदेशबाट खानेपानी आयात गरिनु कुनै अनौठो कुरा नरहेको बताइन् ।

Saftey Pads

नेपाली बजारमा विदेशी खानेपानी देख्दा आश्चर्य मान्न नहुने पनि मन्त्री मगरले बताएकी छन् । ०७५ चैत २६ गते मङ्गलबार दिउँसो खानेपानी मन्त्री मगरले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपालको खानेपानी कतार निर्यात गर्ने विषयमा नेपालका लागि कतारी राजदूत बिन मोहम्मद अल हेलसँग छलफल गरेकी थिइन् ।

तर राष्ट्रिय सभामा भने मन्त्री मगरले विदेशबाट खानेपानी आयात गरिने कुरालाई जोड दिएकी छन् । खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, खानेपानी मन्त्रालय र विभागबाट प्रतिनिधित्व हुने गरी विज्ञ टोली गठनको तयारी भइरहेको समेत बताएका थिए ।

अन्य सम्बन्धित समाचार:  गुल्मीमा जुवा खेल्दै गरेका वडाध्यक्षसहित १२ पक्राउ

एक हप्ताभित्रै टोली गठन गरेर खानेपानीका मुहान खोजेर, प्रशोधन गरेर खानेपानी कतारलगायत मुलुक निर्यात गर्न मन्त्रालय लागि परेको मन्त्रालयका सह–सचिव तथा प्रवक्ता शङ्करप्रसाद सुवेदीले बाह्रखरीसँग भनेका थिए । शुक्रबारको राष्ट्रियसभा बैठकमा मन्त्री मगरले एक घर एक धारा र एक घर एक शौचालय निर्माणमा संघको मात्रै भर नपर्न प्रदेश र स्थानीय तहलाई अपील गरेकी छन् ।

Maruti Cement