पोलभाडा सम्झौता गर्न विद्युत प्राधिकरणको अनुरोध

Prabhu Bank

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इन्टरनेट तथा केबल टिभी सेवा प्रदायकलाई पोलभाडा सम्झौता गर्न अनुरोध गरेको छ। एडिएसएस अप्टिकल फाइबर केबल सेवा सञ्चालन निर्दे्शिका २०७३ अनुसार इन्टरनेट, टेलिफोन तथा केबल टिभी सेवा प्रदायकहरुले प्राधिकरणको पोलरटावर प्रयोग गर्न अनिवार्य रुपमा पोलभाडा सम्झौता गर्नुपर्ने उल्लेख गर्दै सात दिनभित्र सम्भौता गर्न सूचना जारी गरेको हो ।

Saftey Pads

अहिले सम्म पनि पोलभाडा सम्झौता नगर्ने सेवा प्रदायकले असार २६ गतेभित्र सम्बन्धित स्थानीय वितरण केन्द्रमा गएर सम्झौता गर्न प्राधिकरणले सूचना जारी गरेको हो। सेवा प्रदायकले प्रयोग गर्ने पोलको संख्या, तारको मोटाई (कोर) खुल्ने गरी सेवा सञ्चालनको स्वीकृति लिन र अहिलेसम्म बाँकी रहेको पोलभाडा बुझाउन प्राधिकरणले ताकेता गरेको हो।

अन्य सम्बन्धित समाचार:  सन्दीप लामिछानेलाई अष्ट्रेलियाको बिग बास लिगमा अफर

स्वीकृति नलिइ सेवा दिने कम्पनीलाई नियमअनुसार कारबाही गर्ने प्राधिकरणले उल्लेख गरेको छ। गत चैत्र मसान्त सम्म पोलभाडा सम्झौता गर्न इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गरेकोमा एनसेलले मात्र पोलभाडा सम्झौता गरेको थियो। नेपाल टेलिकमले सम्झौताको लागि तयार भएपनि अहिलेसम्म टुंगो भने लागेको छैन।त्यही बेलामा अरु सेवा प्रदायकले भने सम्झौंता नगर्ने अडान राखेका थिए। प्राधिकरणले तार काट्ने चेतावनीपछि इन्टरनेट सेवा प्रदायकको संस्थाले राजनीतिक दबाब सिर्जना गरेपछि यो मुद्दा केही पछि सरेको थियो।

प्राधिकरणले नयाँ निर्दे्शिका अनुसार तारको मोटाई अनुसार प्रति किलोमिटर प्रति महिना एक हजार दुई सय, एक हजार नौ सय र दुई हजार सात समय रुपैयाँ सम्म भाडा तय गरेको थियो। सेवा प्रदायक कम्पनीले भने भाडा ५०० प्रतिशतसम्म वृद्धि गरिएको भन्दै तिर्नै नसक्ने दावी गर्दै आएका छन्।

अन्य सम्बन्धित समाचार:  कैलालीमा भारतीयलाई नागरिकता दिन खोज्ने वडाध्यक्षसहित तीन पक्राउ
Maruti Cement