सातै प्रदेशमा काँग्रेसको सर्कुलर जारी

Prabhu Bank

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले केही विधेयक संविधानको मर्मविपरीत ल्याएको ठहर गर्दै सङ्घीय संसद्बाट पारित हुन नदिन सशक्त प्रतिवादका लागि सातै प्रदेशमा सर्कुलर जारी गरेको छ ।

Saftey Pads

संविधान प्रतिकूल हुने गरी सूचना प्रविधि, मिडिया काउन्सिल, राष्ट्रिय मानव अधिकार, राष्ट्रिय सुरक्षा परिषद्, गुठी र सार्वजनिक खरिद ऐनसम्बन्धी विधेयक सङ्घीय संसद्बाट पारित हुन नदिने काँग्रेसले रणनीति कसेको हो ।

जसअनुसार यी विधेयकविरुद्ध देशव्यापी जनमत निर्माणका लागि काँग्रेसले सातै प्रदेशका संसद्मा समेत सशक्त विरोध गर्न सोमबार सर्कुलर जारी गरेको छ । संविधानको व्यवस्था र मर्म्विपरीत दर्ता भएका विधेयक फिर्ता लिनुपर्ने पार्टीको अडान रहेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले भनाइ छ ।

अन्य सम्बन्धित समाचार:  नेकपा केन्द्रीय कमिटी बैठक स्थगित

उनका अनुसार सङ्घीय संसद्मा मात्रै नभएर प्रदेशका सबै संसद्लाई विधेयकविरुद्ध सशक्त आवाज उठाउन र प्रतिपक्षीय भूमिका प्रभावकारी बनाउन सर्कुलर गरिएका हो ।

काँग्रेसले सातै प्रदेशका आफ्ना संसदीय दलका नेतालाई पठाएको लिखित सर्कुलरमा विधेयकका प्रस्तावित नयाँ प्रावधान र संविधानको व्यवस्थासमेत उल्लेख गरेको छ ।

Maruti Cement