मिडिया एकदम स्वतन्त्र छः बाँस्कोटा

Prabhu Bank

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मिडिया एकदम स्वतन्त्र रहेको बताएका छन्। मिडियालाई नियन्त्रण गर्ने काम सरकारले नगर्ने बताएका हुन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिने सोच र तयारी सरकारको नभएको प्रष्टीकरण दिएइका हुन् ।

Saftey Pads

तर, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजकता फैलाउने कामलाई भने सरकारले नियन्त्रण गर्ने मनत्री बाँस्कोटाले बताए । सरकारले अराजकता रोक्न खोज्नुलाई दम्भ भन्न नमिल्ने उनको तर्क छ । अपुष्ट समाचारहरुलाई स्वतन्त्रताको नाममा सम्प्रेषण गरिरहेको भन्दै उनले भने, ‘प्रेस चलेकै छन् एकदम राम्ररी । एकदम राम्रोसँग चलिरहेका छन् । र सबैले आफूलाई लागेको कुरा भए पनि नभए पनि पुष्टि भएपनि नभएपनि गजबले गरिराख्न पाउनुभएको छ । एकदम स्वतन्त्र छ ।’

अन्य सम्बन्धित समाचार:  महानवमीमा तलेजु भवानी नखुल्ने

संसद सार्वभौम भएकाले बिधि निर्माणको थलो संसदलाई नै बनाउनुपर्ने भन्दै उनले छलफल गरेर मिडिया काउन्सिल विधेयकलाई राम्रो बनाउन सकिने बताए । बाँस्कोटाले संसदभित्र छलफल नै नगरी संसद बाहिर विधेयकका बारेमा नकारात्मक प्रचारवाजी गर्नुको अर्थ नरहेको बताए ।

यस्तै मन्त्री बाँस्कोटाले सरकारले समानुपातिक विज्ञापन प्रणाली लागू गरेपछि अहिले दिदै आएको लोककल्याणकारी विज्ञापन रोकिने बताए ।

Maruti Cement