काठमाडौं महानगरका उपमेयरलाई हृदयघात, नर्भिक अस्पतालमा उपचार हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात भएको छ ।

शुक्रबार हृदयघात भएपछि अहिले काठमाडौंको नर्भिक अस्पतालमा उनको उपचार भईरहेको महानगरपालिकाका १६ नं वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए ।

खड्गीका सहयोगीहरुका अनुसार उनको स्वास्थ्य सुधार हुने क्रममा रहेको छ । शुक्रबार मध्याह्न उनलाई हृदयघात पछि अस्पताल पुर्याइएको थियो ।

तपाईंको प्रतिक्रिया/टिप्पणी