यु–१९ एसिया कप छनोटमा नेपाल समूह विजेता

Prabhu Bank

काठमाण्डौ । १९ वर्षमुनिको एसियाली पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा शानदार ब्याटिङ क्षमता प्रस्तुत गर्दै नेपाल समूह विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ।

Saftey Pads

मलेशियामा भर्खरै सम्पन्न खेलमा सिङ्गापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित र्गयो। नेपाललाई जित दिलाउन प्रारम्भिक ब्याट्सम्यान रित गौतमको अविजित शतक र खड्ग बोहरा र कुशल मल्लको ब्याटिङ महत्त्वपूर्ण रह्यो। कुशल मल्लले अन राउन्ड प्रदर्शन गर्दै चर विकेट लिए।

विपक्षी टोलीका कुनै पनि खेलाडीहरूले भरपर्दो ब्याटिङ गर्न सकेनन्। थोरै रनमा समेटिने क्रममा सिङ्गापुर ३९.२ ओभरमा १ सय ९ रन बनाउँदा अल आउट हुन पुग्यो। यद्धपी सिङ्गापुर समूह उपविजेताको रूपमा अन्तिम चारमा प्रवेश पाइसकेको छ।

अन्य सम्बन्धित समाचार:  आईपीएल: दिल्लीलाई शीर्ष स्थानमा उक्लने अवसर
Maruti Cement