सर्पको टोकाइबाट पर्सामा शिक्षिकाको मृत्यु

Prabhu Bank

काठमाण्डौ । पर्सामा सर्पले डस्दा शिक्षिकाको मृत्यु भएको छ ।  पर्सागढी नगरपालिकाको विद्यालयमा अध्यापन गराउँदै आएकी वडा नम्बर १ मनवा बजार निवासी २८ वर्षीया सुनिता तिवारीको सर्पले डस्दा ज्यान गएको हो।

Saftey Pads

उनी मनवामै रहेको माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएकी थिइन्। बिहीबार राति शिक्षिका तिवारीलाई घरमा सुतेको बेला सर्पले डसेको थियो।

सर्पको डसाइबाट घाईते भएकी शिक्षिका तिवारीको उपचारको लागि नारायणी अस्पतालमा भर्ना गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि रक्सौलको डंकन अस्पताल लैजाने क्रममा बाटोमा नै ज्यान गएको परिवारजनले जानकारी दिएका छन्।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबारे यी ३ तथ्य आत्मसात गरौँ: डा. रविन्द्र पाण्डे
Maruti Cement