कम्युनिस्टले २५ वर्ष शासन गर्छः पौडेल

Prabhu Bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले कम्युनिस्ट पार्टीले २५ वर्ष शासन गर्ने उद्घोष गरेका छन् ।

Saftey Pads

शुक्रबार समाजवाद छाडेर नेकपामा समाहित भएका पूर्वमन्त्री कल्पना धमला, अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष देवेन्द्र पराजुलीसहितका नेतालाई स्वागत गर्दै पौडेलले बाहिर जे हल्ला मच्चाइए पनि कम्युनिस्ट पार्टीले २५ वर्ष शासन गर्ने बताएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि अरिङ्गालझैँ कर्मजीवी बन्न गरेको आग्रह विपक्षीले आलोचनाको विषय बनाएको बताए ।

प्रधानमन्त्रीमा विकास र समृद्धिबारे सकारात्मक चाहना रहेको पौडेलको भनाइ थियो ।

अन्य सम्बन्धित समाचार:  कर्णालीका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत
Maruti Cement