आगामी वर्ष जनताले देख्ने खालका काम हुन्छः पोखरेल

Prabhu Bank

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले आगामी वर्ष जनताले देख्ने खालका काम गर्ने बताएका छन् । नवलपरासी जिल्लाका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अगुवा कार्यकर्तासँगको भेटघाटमा उनले सरकार गठनपछिको पहिलो एक वर्ष कानून निर्माणमा सरकार बढी केन्द्रित भएको स्पष्ट गरे ।

Saftey Pads

सरकारले गर्छु भनेर प्रतिबद्धता जनाएका काम पाँच वर्ष्भित्रै सम्पन्न हुने विश्वास दिलाउँदै उपप्रधानमन्त्री पोखरेलले विकास र समृद्धिको जग यही सरकारका समयमा निर्माण हुने प्रतिबद्धता जनाए । सरकारले घोषणा गरेका प्रतिबद्धता नबिर्सिएको उल्लेख गर्दै उनले भने, ‘जनताले देख्ने र महसुस गर्ने काम आगामी वर्षमै हुनेछ ।’

विचारका मामिलामा पार्टी्भित्र देखिएका विवाद वा छलफललाई कार्यकर्ताले सामान्य मान्नुपर्ने बताउँदै उपप्रधानमन्त्री पोखरेलले तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्र दुवै फरक पृष्ठभूमिबाट आएकाले केही फरक मत देखिन सक्ने बताए ।

अन्य सम्बन्धित समाचार:  नख्खुमा कारले ठक्कर दिँदा युवकको मृत्यु

उपप्रधानमन्त्री पोखरेलसँग पार्टीका अगुवा कार्यकर्ताले पार्टी्भित्र देखिएको आन्तरिक विवाद, सरकारको कामकारवाही, एकीकरणको बाँकी कामको अवस्थालगायत विषयमा जिज्ञासा राखेको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Maruti Cement