ब्वाइफ्रेन्डको मृत्युपछि सञ्जय दत्तकी छोरी त्रिशलाले लेखिन् यस्तो भावुक स्टाटस

Prabhu Bank

काठमाण्डौ । बलिउड अभिनेता सञ्जय दत्तकी छोरी त्रिशला दत्त ३१ वर्षकी भइन्। २३ वर्षअघि आमा ऋचा शर्मा क्यान्सरले बितेपछि त्रिशला हजुरबुवा र आमासँग बसिन्। अहिले पनि उनी हजुरबुवा र आमासँगै अमेरिकामा बस्छिन्।

Saftey Pads

पछिल्लो समय त्रिशलाले सामाजिक सञ्जालमा गरेको एक पोष्टले धेरैलाई भावुक बनाउँछ। इन्स्टाग्राममा उनले आफ्ना ब्वाइफ्रेन्ड गुमाउनुको पीडा लेखेकी छन्। त्रिशला ३३ वर्षीय एकजना इटालीन युवकसँग प्रेममा थिइन्। सामाजिक सञ्जालमा उनी रोमान्टिक तस्बिर र स्टाटस लेखिरहन्थिन्।

मंगलबार उनका ब्वाइफ्रेन्डको मृत्यु भयो। त्रिशलाले कहिल्यै नाम नखुलाएका ती युवकको मृत्यु कसरी भयो खुलेको छैन।
उनलाई सम्झँदै त्रिशलाले इन्स्टाग्राममा लेखेकी छन्( मेरो दिल टुटेको छ। मलाई माया गरेकोमा, जोगाएकोमा र मेरो ख्याल गरेकोमा धन्यावाद। तिमीले मलाई जिन्दगीकै सबैभन्दा धेरै खुसी बनायौ। तिमीलाई भेट्नु र तिम्री हुन पाउनुले म संसारकै सबैभन्दा भाग्यमानी केटी भएकी छु। तिमी सधैँभरिका लागि बाँच्नेछौं। हामी फेरि नभेटुन्जेल म तिमीलाई माया गर्नेछु र सम्झिनेछु। र म सधैँ तिम्री हुने छु। म तिमीलाई हिजोभन्दा आज धेरै माया गर्छु र भोलि झन धेरै गर्नेछु।

Maruti Cement