भारतीय दबाबमा ‘विषादी परीक्षण’को आफ्नो निर्णयबाट पछि हट्यो सरकार

Prabhu Bank

काठमाण्डौ। भारत तथा अन्य कुनै पनि तेस्रो मुलुकबाट तरकारी तथा फलफूलमा विषादी चेकजाँच गरेर मात्र नेपाल भित्र्याउने आफ्नो निर्णयबाट सरकार पछि हटेको छ ।

Saftey Pads

सरकारले केही समयअघि भारत तथा तेस्रो मुलुकबाट आयातित तरकारी र फलफूल नेपाल भित्र्याउँदा भन्सार नाकामा विषादी चेकजाँच गरेर मात्रै भित्र्याउने निर्णय गरेको थियो । तर, सरकार आफ्नो उक्त निर्णयबाट पछि हटेको छ ।

शुक्रबार कृषि तथा पशुपङ्क्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै विषादी चेकजाँचको काम तत्कालका लागि रोकिएको बताए ।

आन्तरिक उत्पादनको प्रवर्द्धन र आयात प्रतिस्थापनका लागि भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा सरकारले तरकारी तथा फलफूल आयातमा कडाइ गरेको थियो ।

सरकार विषादी चेकजाँचका लागि तयारी नपुगेको भन्दै तत्कालका लागि सो निर्णयबाट पछि हटेको हो । विषादी चेकजाँचमा कडाइ भएपछि सयौँको सङ्ख्यामा मालबाहक ट्रक तथा कन्टेनरहरू भन्सार नाकामा अड्केर बसेका थिए ।

भारतबाट नेपाल भित्रिने तरकारी र फलफूलमा कडाइ भएपछि भारतीय दूतावासले त्यसमा चासो देखाएको थियो ।

 

अन्य सम्बन्धित समाचार:  भारतीय सेनाध्यक्षलाई कात्तिक २० मा मानार्थ महारथीको दर्जा दिइने
Maruti Cement