तटीय क्षेत्रमा रहेका अन्नबाली असार २८ गतेसम्म थन्काउन सरकारको अपिल 

Prabhu Bank

काठमाण्डौ । सरकारले सकेसम्म एक हप्ताभित्र नदी तटीय क्षेत्रमा रहेका कृषि उपज थन्क्याउन अपिल गरेको छ ।

Saftey Pads

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान शाखाले सूचना निकालेर अब मनसुन सक्रिय हुन लागेकाले सकेसम्म असार २८ गतेसम्म नदी तटीय क्षेत्रमा रहेका कृषि उपज थन्क्याउन अपील गरेको हो ।

शाखाले एक हप्तापछि प्रायः सबै नदीमा बहाव बढ्ने र बाढी आउने भएकाले तटीय क्षेत्रमा काम गर्दा उच्च सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, बर्दिया, बाँके दाङ, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र आसपासका जिल्लाका चुरे र पहाडका साना नदीमा शनिबार बेलुकासम्म बहाव उच्च हुने बताएको छ । साथै केही नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

अन्य सम्बन्धित समाचार:  भारतीय सेना प्रमुख नरभाने कात्तिक १९ मा काठमाडौँ आउने
Maruti Cement