विषादी जाँच स्थगन दुर्भाग्यपूर्ण: साझा पार्टी

Prabhu Bank

काठमाडौँ । साझा पार्टीले विदेशबाट आयात हुने तरकारी र फलफूलमा विषादी जाँच स्थगन हुनुलाई दुर्भाग्यपूर्ण भनेको छ । पार्टीले शनिबार एक विज्ञप्ति जारी गर्दै भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको समाचार दुर्भाग्यपूर्ण रहेको बताएको हो ।

Saftey Pads

नेपाली बजारका तरकारी, फलफूल  लगायतका खाद्यजन्य वस्तुमा जनस्वास्थ्यमा गम्भीर असर पर्ने विषादी र रसायन रहेको भन्ने बारेमा आम जनताको सरोकार रहँदै आएको छ। खाद्यजन्य वस्तुहरूको विषादी जाँच लगायत क्वारेन्टाइन परीक्षण अन्तर्राष्ट्रिय व्यापारको आधारभूत शर्त हो। अझ विषादी परीक्षण जस्तो आम जनस्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने विषयमा सरकार बढि गम्भीर र संवेदनशील हुनु अनिवार्य छ। कुनै पनि बहानामा विषादी चेकजाँच बिना खाद्यजन्य वस्तु आयात गर्नु अन्तराष्ट्रिय व्यापारको आधारभुत मान्यताको बर्खिलाप हो। त्यो नागरिकको स्वास्थ्यमाथि गम्भीर खेलबाड हो’, विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले कुनै पनि देशबाट आयात गरिने खाद्यजन्य वस्तुको विषादी लगायत क्वारेन्टाइन परीक्षणका लागि आवश्यक पूर्वाधार प्राथमिकताका साथ यथाशीघ्र तयार गर्न सरकारलाई आग्रह गरेको छ . तर परिक्षण सुविधा नभएको बहानामा जनस्वास्थ्यमा प्रत्यक्ष असर पर्ने खाद्यजन्य वस्तु बिना चेकजाँच आयात गर्न दिनु पूर्णतः गैरजिम्मेवारी कार्य हो। सम्बन्धित विज्ञहरूको रायसुझावका आधारमा जनस्वास्थ्यमा जोखिम हुने तरकारी, फलफूल लगायतका खाद्यजन्य वस्तुको बिना चेकजाँचको आयातमा तुरुन्त प्रतिबन्ध लगाउन साझा पार्टी सरकारलाई आग्रह गर्दछ’ प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अन्य सम्बन्धित समाचार:  सेनेगलको समुद्री इलाकामा डुंगा डुब्दा १४० जनाको मृत्यु
Maruti Cement