विप्लव सर्लाही इन्चार्ज पौडेलको पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्न परिवारको माग

Prabhu Bank

काठमाण्डौ । सर्लाहीमा प्रहरीको गोली लागेर गत असार ५ गते मृत्यु भएका विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको परिवारले पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्न माग गरेको छ ।

Saftey Pads

पत्रकार तथा मानवअधिकारकर्मी सँगको छलफलमा पौडेलका परिवारले सरकारको दबावमा अस्पतालले पोष्टमार्टम रिपोर्ट गलत बनाउन सक्ने भन्दै सहयोग गर्न सबैलाई आग्रह गरेका हुन् ।

जनपत्रकार संगठन, नेपालका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्ट,अधिकारकर्मी रोहित पौडेलको अगुवाईमा पुगेको पत्रकार र मानवअधिकारकर्मीको टोलीले घटनास्थलको अध्ययन गर्नुका साथै घटनाबारे स्थानीयवासी र परिवारसँग छलफल गरेको हो ।

छलफलका क्रममा पौडेलको परिवारले दोहोरो भिडन्तको नाममा प्रहरीले योजनाबद्ध ढंगले कुमारको हत्या गरेको दाबी गरेका छन्। कुमारका ७२ वर्षीय बुवा खिलकराज पौडेलले आफ्नो छोरालाई प्रहरीले पक्राउ गरेर हत्या गरेर भिडन्तमा मृत्यु भएको गलत हल्ला फैलाएको आरोप लगाए ।

अन्य सम्बन्धित समाचार:  'राउटे' समुदायकी किशोरीको कानुन पढ्ने धोको

कुमारका भाई हरिकृष्ण पौडेलले अहिलेसम्मपनि आफनो दाइको पोष्टमार्टम रिपोर्ट नदिएको बताए । उनले आफ्नो दाइलाई नियन्त्रणमा लिएर हत्या गरेको र पोष्टमार्टम रिपोर्ट सरकारको दबावमा अस्पतालले सार्वजनिक गर्न आलटाल गरिरहेको गुनासो गरे ।

घटना भएको नजिकै रहेका स्थानीयवासीले पनि आफूहरुले घटना भएको दिन गोलीको कुनै आवाज नसुनेको बताए । स्थानीय चप्पादेवी यादवले आफूले घटना भएको बेला केही थाहा नपाएको र छिमेकीले भनेपछि मात्रै अचम्म परेको बताइन् ।

जिल्ला अस्पताल सर्लाहीले अझै पोष्टमार्टमको रिपोर्ट नदिँदा राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक, एभोकेसी फोरमले अन्तिम रिपोर्ट सार्वजनिक गर्न सकेका छैनन् ।

Maruti Cement