निजी आवास अनुदान सम्झौता समय आइतबारसम्म

Prabhu Bank

काठमाण्डौ । निजी आवास अनुदानका लागि अहिलेसम्म सम्झौता नगरेका लाभग्राहीले आइतबारसम्म सम्झौता गर्न सक्ने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्झौता गर्न शनिबारसम्मको समय दिएको भए पनि आइतबारसम्म सम्झौता गर्न सकिनेगरी जिल्ला जिल्लामा परिपत्र गरिएको हो ।

Saftey Pads

प्राधिकरणले अब पनि अनुदानका लागि सम्झौता नगरे उनीहरुलाई सूचीबाटै हटाउने यसअघि नै निर्णय गरिसकेको छ । लाभग्राही सूचीमा रहेका प्रभावितले आइतबारसम्म अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ लिनुपर्ने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए ।

समयसीमा तोक्नुअघिसम्म झण्डै ६० हजार भूकम्प प्रभावितले सम्झौता गरेका थिएनन् । तर अहिले यो संख्या घटेर झण्डै ४८ हजारमा झरेको छ ।

अन्य सम्बन्धित समाचार:  गुह्येश्वरी मन्दिरको दुई किलो सुन हरायो

तोकिएको समयसीमा आइतबार अन्तिम भएकाले त्यसपछि सम्झौता नहुने र लगत लिएर सम्झौता नगर्नेलाई सूचीबाट हटाउन आवश्यक प्रक्रिया सुरु हुने पनि सहप्रवक्ता घिमिरेले बताए ।

Maruti Cement