कैलाली जिल्ला क्रिकेट संघको अध्यक्षमा विष्ट

Prabhu Bank

काठमाण्डौ । कैलाली जिल्ला क्रिकेट संघको अध्यक्षतामा विक्रम विष्ट चयन भएका छन् । संघको विशेष साधारण सभाबाट विष्ट निर्विरोध अध्यक्षमा चयन भएका हुन् ।

Saftey Pads

शनिबार धनगढीमा भएको विशेष साधारण सभाबाट १५ सदस्यीय जिल्ला कार्य समिति पनि निर्विरोध चयन भएका छन् । संघको उपाध्यक्षमा बाबुराजा श्रेष्ठ, सचिव देवनारायण झा र कोषाध्यक्षमा सम्भु लामिछाने चयन भएका छन् ।

त्यसैगरी संघको सदस्यहरुमा भरत जोशी, अनिल कुमार भुजानिया, रुपक विष्ट, गोविन्दराज जोशी, निरज थापा, लोकवहादुर खड्का, हरि रेग्मी, गणेश रजक, ज्ञानेन्द्र क्षेत्री, हेमराज जोशी र महेश बोहोरा निर्विरोध चयन भएको प्रदेश उपाध्यक्ष रतन कठायतले जानकारी दिए ।

अन्य सम्बन्धित समाचार:  आईपीएलबाट बाहिरियो चेन्नई
Maruti Cement