वडाध्यक्ष २ घण्टासम्म कार्यकक्षमै थुनिए

Prabhu Bank

काठमाण्डौ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ का वडाध्यक्षलाई स्थानीयले आफ्नो कार्यकक्षमै थुनिदिएका छन् । वडाध्यक्ष दिलबहादुर श्रेष्ठलाई सडक स्तरोत्रतिका लागि आफ्ना नजिक र नाताभित्रै व्यक्तिलाई उपभोक्ता समितिमा गोप्य ढङ्गले राखेको आरोपमा स्थानीयले शुक्रबार कार्यकक्षमै दुई घण्टा थुनेका हुन् ।

Saftey Pads

स्थानीयले उनकै कार्यकक्षमा उपभोक्ता समितिबारे प्रश्न गर्दा वडाध्यक्ष श्रेष्ठले जवाफ दिन नसकेपछि विरोधस्वरूप कार्यकक्षमै थुनिएको स्थानीय भवनाथ तिमल्सिनाले बताए । सडक उपभोक्ता समिति निर्माणबारे स्थानीयले दुई दिनअघि मात्रै थाहा पाएको तिमल्सिनाले जानकारी दिए । वडाध्यक्षसँग आक्रोशित भीडले वडा कार्यालयको मूल ढोकामा तालाबन्दी गरेर हिँडेपछि स्थानीय प्रहरीले दुई घण्टापछि मात्रै ताला खोलेका थिए ।

गेल्दुङ–गोल्माकोट पाँच किलोमिटर सडकमध्ये करिब चार दशमलब पाँच किलोमिटर सडकमा ग्राभेल गर्नका लागि वडाध्यक्ष श्रेष्ठले उपभोक्ता समितिका अध्यक्षमा कृष्णप्रसाद आचार्य तथा अनुगमन समितिमा आचार्यका नाताका भाईलाई अध्यक्ष बनाएका थिए । उक्त सडकखण्डको ४०० मिटर सडकमा ३ नम्बर प्रदेश सरकारको बजेटमा ग्राभेल, डे«न वालसहित नाली निर्माण भइरहेको छ ।

अन्य सम्बन्धित समाचार:  गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुनेः गोर्खा भूपू सैनिकको नागरिकता निरन्तरता माग

गेल्दुङ–गोल्माकोट सडकखण्डका लागि कूल ५५ लाख बजेटमध्ये ४०० मिटरमा ३५ लाखबाट ग्राभेल, डे«न वालसहित नाली निर्माण तथा ‘बीलो रकम’ करिब १९ लाखमा करीब चार दशमलब पाँच किलोमिटर सडकमा ग्राभेल गर्न आफ्ना राजनीतिक सहयात्रीलाई र उनका आफन्तलाई अनुगमन समिति र उपभोक्ता नभएकालाई समितिमा राखिएको आरोपमा वडाध्यक्षलाई कार्यकक्षमै थुनेका हुन् ।

उक्त सडकबाट गाउँपालिकाका पाँच वटा वडाका बासिन्दा लाभान्वित हुनेछन् । वडाध्यक्ष श्रेष्ठले आफ्नो कमीकमजोरी भए ‘छलफल गर्न’ आग्रह गर्दा कुनै कुरा नसुनी आफूलगायत केही कर्मचारी कार्यालयभित्रै भएको अवस्थामा तालाबन्दी गरिएको बताए । उनका अनुसार तालाबन्दीको दुई घण्टापछि स्थानीय प्रहरीले ताला खोलेका हुन् ।

उपभोक्ता समितिको विवादपछि चार दशमलब पाँच किलोमिटर सडकमा शुक्रबारदेखि ग्राभेलिङको काम रोकिएको छ । वडाध्यक्ष श्रेष्ठले भने उपभोक्ता समितिले सम्झौता गरेको रकममा अपुग भएमात्रै आउँदो वर्षको बजेटबाट दिने भनिएको बताए ।

अन्य सम्बन्धित समाचार:  धनगढीबाट अछाम उड्न थाल्यो जहाज
Maruti Cement