कृषिमन्त्री लामालाई पत्नी शोक, बौद्ध परम्पराअनुसार अन्त्येष्टि

Prabhu Bank

काठमाण्डौ । प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामालाई पत्नी शोक परेको छ । लामाकी धर्मपत्नी ५८ वर्षीया कान्छिमाया लामाको शनिबार बिहान ४ बजे हेटौँडामा निधन भएको हो ।

Saftey Pads

कलेजोको क्यान्सरपीडित लामाको हेटौँडामा निधन भएको मन्त्री लामाका स्वकीय सचिव सुरज थपलियाले बताए । कान्छिमायाको शव चितवनस्थित निजी निवास राप्ती नगरपालिका ४ भवनीपुरमा लगी केहीसमय अन्तिम श्रद्धाञ्जलिका लागी राखिएको थियो ।

लामाको आज दिउँसो १ः३० बजे भरवनीपुरकै चिहान डाँडामा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । त्यसअघि प्रदेशका मन्त्री तथा विभिन्न राजनीतिक दलका नेता तथा कार्याकर्ताले लामाको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिएका थिए ।

अन्य सम्बन्धित समाचार:  बैतडीः कुटपिटबाट घाइते युवकको मृत्यु, २ जना पक्राउ
Maruti Cement