कैद फैसला भएको सत्र वर्षपछि पक्राउ, जेल चलान

Prabhu Bank

काठमाण्डौ । भोजपुर जिल्ला अदालत भोजपुरबाट कैद फैसला भएर फरार रहेका व्यक्ति सत्र वर्षपछि पक्राउ परेका छन् ।

Saftey Pads

आगलागी मुद्दामा जिल्ला अदालत भोजपुरबाट २०५९ असार २७ गते ३ वर्ष ४ महिना १८ दिन कैद सजाय भएर फरार रहेका भोजपुर नगरपालिका वडा नम्बर–३, चौहानबारीका ३९ वर्षीय कृष्णबहादुर चौहान पक्राउ परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीले बताए ।

इटहरी उपमहानगरपालिका वडा नम्बर–२, हलगडामा लुकेर बसेको अवस्थामा प्रहरीले असार १५ गते पक्राउ गरी चौहानलाई भोजपुर ल्याएको थियो ।

चौहानलाई असार १८ गते अदालतमा पेस गरिएको र कैदको लगत कट्टा गर्ने प्रयोजनका लागि जिल्ला कारागार चलान गरिएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए ।

अन्य सम्बन्धित समाचार:  मिथिलाका नारीद्वारा खोइँछ भर्ने विधि सम्पन्न
Maruti Cement