सिलिचोङ गोलिकाण्डः पक्राउ परेको भनिएका अधिकारीको अवस्था अज्ञात

Prabhu Bank

काठमाण्डौ । गत असार १६ संखुवासभाको सिलिचोङ गाउँपालिका–१ होयङ्लामा गस्ती रहेका प्रहरी र विप्लवका कार्यकताबिच गोली हानाहान भयो । घटनापछि प्रहरीले ओखलढुंगाको चिशखुगढी गाउँपालिका–७ का निम दोर्जी तामाङ र चनैपुर नगरपालिका–१० का सन्जन अधिकारी पक्राउ परेको बताएको छ ।

Saftey Pads

प्रहरीले घटनास्थलबाट एसएलआरसहित विप्लवका एक कार्यकता पक्राउ परेको बताए पनि अहिलेसम्म सार्वजनिक गरेको छैन । प्रहरीले पक्राउ गरेका कार्यकता सन्जन अधिकारीको अवस्था नखुलेको विप्लवका पूर्वी केन्द्रीय कमाण्ड इन्चार्ज बिषमले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

खोजी गरिदिन परिवारको आग्रह
१६ सोमबार संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा गोली हानाहानपछि पक्राउ परेका सन्जनका बुबा केदार अधिकारीले छोरोको बेपत्ता भएका कारण खोजी गरिदिन आग्रह गरे । उनका बुबा केदार भने पक्राउ परेको भन्ने समाचारबाट सुनेको तर कुन अवस्थामा कहाँ राखिएको छ भन्ने जानकारी नभएको बताए ।

अन्य सम्बन्धित समाचार:  सेनेगलको समुद्री इलाकामा डुंगा डुब्दा १४० जनाको मृत्यु

उनले भने १६ पक्राउ परेको छोरा अहिले म(यो कि जिउँदै छ अझै प्रहरीले सार्वजनिक नगरेको भन्दै खोजी गरिदिन पत्रकारहरुलाई आग्रह गरे । उनीलाई गस्तीमा रहेका सुरक्षाकर्मीले साथमै राखेर विप्लवको सेल्टर खोज्दै सोलुतर्फ लगेको हुन सक्ने स्रोतको भनाइ छ ।

Maruti Cement