अपडेटः भक्तपुर केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । भक्तपुर केन्द्रबिन्दु भएर ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प गएको छ । शनिबार अपरान्ह ४ बजेर १५ मिनेट जाँदा भक्तपुरको सल्लाघारी केन्द्रबिन्दु भएर सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार सो भूकम्पको धक्का नयाँ नभएर ०७२ वैशाख १२ गतेको भूकम्पकै पराकम्प हो । 

भूकम्पको धक्का भक्तपुरसहित काठमाडौँ, ललितपुर, काभ्रे आसपासका जिल्लामा महसुस भएको बताइएको छ । 

पानी परिरहेको अवस्थामा भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित भएर घर बाहिर निस्किएका थिए । 

तपाईंको प्रतिक्रिया/टिप्पणी