नेकपाको मार्क्सवाद ‘मास्क’वादमा परिणत भइसक्योः डा. सूर्यराज आचार्य

Prabhu Bank

नवलपुर। साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले सत्तारुढ नेकपाको मार्क्सवाद ‘मास्क’वादमा परिणत भइसकेको टिप्पणी गरेका छन्। नवलपुर जिल्लास्थित देवचुली नगरपालिकामा शनिबार आयोजित पार्टीको नगर संयोजक घोषणा कार्यक्रममा बोल्दै डा. आचार्यले सरकारको आलोचना गरे।

Saftey Pads

काठमाण्डौ उपत्यका धुँवा धुलोमुक्त भएको तर सरकारको विरोध गर्नकै लागि केही मानिसहरूले ‘मास्क’ लाउने गरेको प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सङ्केत गर्दै डा. आचार्यले नेकपा मार्क्सवादबाट ‘मास्क’वादमा झरेको बताएका हुन।

उनले नेकपा र काँग्रेसजस्ता राजनीतिक दलकै कारण देशले प्रगति गर्न नसकेको बताउँदै नेपाली राजनीतिमा अबको एकमात्र विकल्प साझा पार्टी भएको दाबी गरे। डा. आचार्यले राजनीतिलाई पेशा ठान्नेहरुलाई जनताले चुनावमा अस्वीकार नगरेसम्म देश समृद्धिको दिशामा हिड्‌न नसक्ने बताए।

अन्य सम्बन्धित समाचार:  कोरोना अपडेट: नेपालमा सङ्क्रमितको संख्या १ लाख ६० हजार आसपास
Maruti Cement