बहाना बनाएर आफ्नो निर्णयबाट पछि हट्न मिल्दैनः नेता नेपाल

Prabhu Bank

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कर्मचारी र प्रविधि अभाव देखाएर विषादी परीक्षणको आफ्नो निर्णयबाट सरकार पछि हट्न नमिल्ने बताएका छन् ।

Saftey Pads

पार्टीको संसदीय दल बैठकपछि शनिबार संसद् भवनबाहिर पत्रकारहरूसँग कुराकानी नेता नेपालले यस्तो बताएका हुन् ।

विषादी चेकजाँच नगर्दा जनताहरुको स्वास्थ्यप्रति गम्भीर लेखबाड हुने समेत उनले बताए । सरकार बहाना बनाएर भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षणबाट भागेको र जनतालाई विषादीयुक्त खाद्यान्न खान बाध्य पारेको उनले आरोप लगाए ।

तरकारी र फलफूलको विषादी परीक्षण गर्ने सवालमा कसैको दबाबमा नझुक्नसमेत नेपालले सरकारलाई आग्रह गरे ।

“देशभित्र भित्रने सामान विषादीयुक्त छ कि छैन भन्नेमा हामी पहिला विश्वस्त हुनुपर्छ, कसैको दबाबसामु झुक्नु जरुरी छैन ।” उनले भने ।

अन्य सम्बन्धित समाचार:  ओलीको सन्देश लिएर प्रचण्ड निवासमा सिटाैला

नेता नेपालले विषादी परीक्षण नगर्ने निर्णयमा पुनर्विचार गर्नसमेत सरकारलाई आग्रह गरे ।

 

Maruti Cement