काठमाडौंसहित आसपासका क्षेत्रमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं । राजधानी तथा आसपासका क्षेत्रमा शनिबार साँझदेखि अविरल वर्षा भइरहेको छ ।

लगातार भएको वर्षाले काठमाडौंसहित आसपासका नदीहरूमा पानीको बहाव बढेपछि सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

राजधानीको विष्णुमती नदीमा बाढीले सतर्कता तह पार गरेको छ । साथै अन्य नदीहरूमा पनि पानी सतह बढ्ने क्रममा छ । रातको ११ बजेसम्म पनि पानी निरन्तर परिरहेकाले पानीको बहाव अझ बढ्न सक्ने महाशाखाले जनाएको छ ।

बिष्णुमती नदीमा पानीको सतह २ दशमलव ६७ मिटर रहेको छ । पानीको सतह २ दशमलव ५ मिटरभन्दा माथि गए सतर्कता अपनाउनुपर्दछ ।

तपाईंको प्रतिक्रिया/टिप्पणी