गजल

Prabhu Bank

 – बिष्णु प्रसाद जोशी

Saftey Pads

उजाड़ छन् हेर आफ्नै उर्वर खेतबारी,
कति भित्र्याउने विषादीयुक्त तरकारी ?

लम्पसार पर्यौ पर्यौ, विष खाई मर्नु,
कति बाँचौला सरकार जनता मारी !

स्वदेशी उत्पादन नबिकेर फाल्नुपर्छ,
सड्या खाद्य आयात भो ट्रक भरी-भरी !

युवाहरु दिन काट्छन् कंसल्टेंसी धाई,
कहिले हराभरा हुने आफ्नै खेतबारी !

-खप्तड छान्ना गाउँपालिका-५ (पिठातोला) बझाङ
हालः विद्यावारिधि (रसायनशास्त्र)
युनिभर्सिटी अफ म्यासचुसेट्स

Maruti Cement