प्रत्रकार महासंघ सिन्धुली शाखा अध्यक्ष प्रहरीबाट कुटिए

Prabhu Bank

काठमाडौं । नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) प्रहरीबाट कुटिएका छन् ।

Saftey Pads

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गएराति अध्यक्ष कार्कीलाई कुटपिट गरेका हुन् । कुटाइबाट अध्यक्ष कार्की गम्भीर घाइते भएका छन् ।

प्रहरीको कुटाइबाट घाइते भएका कार्कीको सिन्धुलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ । शनिबार राति सिन्धुलीको शिवनगरको एक होटलमा खाजा खाँदै गर्दा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत काभ्रे खावा–६ घर भएका ३० वर्षीय प्रहरी हवल्दार सनम लामा र काभ्रे पनौती–७ बस्ने २८ वर्षीय प्रहरी जवान विकास स्याङ्तानले बिनाकारण योजनाबद्ध तरिकाले कुटपिट गरेका हुन् ।

अध्यक्ष कार्कीको टाउकोमा गम्भीर चोट लागेको सिन्धुली अस्पतालले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  असई विकको हत्याबारे छानबिन गर्न सिआइबीको टोली धनगढीमा

पत्रकार महासङ्घ सिन्धुली शाखा पूर्वअध्यक्ष मीनकुमार दाहालसँग कुरा गरिरहेका बेला प्रहरी हवल्दार सनम लामाले मोबाइलमा भिडियो कैद गरेको भन्दै मोटरसाइकल हेलमेटले टाउकोमा प्रहार गरेका थिए ।

 

Maruti Cement