भ्रष्टाचार भएको भन्दै मेस्सीद्वारा पदक अस्वीकार

Prabhu Bank

काठमाडौं । कोपा अमेरिकाको तेस्रो स्थानको प्लेअफमा रातो कार्ड पाएका लियोनल मेस्सीले प्रतियोगितामा भ्रष्टाचार भएको आरोप लगाएका छन् ।

Saftey Pads

ग्यारी मोडलसँगको झगडापछि खेलको पहिलो आधामै नै रातो कार्ड पाएका मेस्सी खेल सकिएपछि पनि पदक लगाउन मैदानमा गएनन् ।

उनले यो संस्करणको कोपा अमेरिका ब्राजिललाई जिताउने प्रपञ्च भएको बताएका छन् ।

“ब्राजिललाई जिताउने खेल भइरहेको छ यसमा कुनै शङ्का छैन ।” मेस्सीले भने ।

‘म यो भ्रष्टाचारको भागिदार हुन चाहन्न । म सँधै साँचो बोल्छु, इमानदार छु, त्यसैकारण म शान्त पनि छु ।’ उनले थपे ।

अर्जेन्टिना तेस्रो भएपनि लियोनल मेस्सीका लागि यो प्रतियोगिता निकै खल्लो भयो । प्रतियोगितामा उनले एक गोल पनि गर्न सकेका थिएनन् ।

अन्य सम्बन्धित समाचार:  रिपब्लिकन सिनेटरहरुले तीन सामाजिक सञ्जालका प्रमुखसँग सोधपुछ गर्ने
Maruti Cement