राष्ट्रपति ट्रम्प अयोग्य, असुरक्षित र असक्षमः बेलायती राजदूत

Prabhu Bank

काठमाडौं । अमेरिकास्थित बेलायती राजदूतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई  ‘अयोग्य, असुरक्षित र असक्षम’ व्यक्तिका रूपमा चित्रण गरेको खुलासा भएको छ ।

Saftey Pads

वासिङ्टनस्थित बेलायती राजदूत सर किम ड्यारोचले आफ्नो विदेश मन्त्रालयलाई पठाएको गोप्य कूटनीतिक  ‘केवल; तथा टिपोटमा अमेरिकी राष्ट्रपतिलाई त्यसरी चित्रण गरेका हुन् ।

उक्त केवल सुरुमा डेली मेल दैनिकले सार्वजनिक गरेको थियो । बेलायती विदेश मन्त्रालयका एक अधिकारीलाई उदृत गर्दै सिएनएनले उक्त समाचार सही भएको जनाएको छ ।

ड्यारोचले केबलमा ट्रम्पको कार्यकाल अपमानपूर्ण रूपमा अन्त्य हुनसक्ने पनि उल्लेख गरेका छन् ।

अन्य सम्बन्धित समाचार:  रमेश महर्जनको अध्यक्षतामा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ गठन
Maruti Cement