काँग्रेस केन्द्रीय कार्य समितिको बैठक आज

Prabhu Bank

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक आइतबार बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा आइतबार दिउँसो २ बजे सुरु हुने बैठकमा समसामयिक राजनीतिक परिवेशमा छलफल गरिने भएको हो ।

Saftey Pads

पार्टीको संरचना कसरी निर्माण गरेर जाने भन्ने विषयमा छलफल केन्द्रित हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

यस्तै पार्टीलाई सङ्घीय संरचनामा लैजाने विषयमा पनि छलफल हुने जनाइएको छ । संस्थापन पक्षले यसका लागि सबै तहमा पार्टीको तदर्थ समिति बनाउने तयारी थालेको छ ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीले 'रअ'को प्रमुखलाई भेट्नु आपत्तिजनक: नागरिक अगुवा
Maruti Cement