प्रधानमन्त्रीज्यू, सरकार बचाउने अरिङ्गाल बिगार्ने छौँडा?

Prabhu Bank

काङ्ग्रेसीहरूले गरेको विश्वबाट कम्युनिस्ट शासनको पतनको रटानलाई चुनौति दिदै नेपालमा परस्पर नाम मात्र पनि लिन नचाहने तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणले राजनीतिमा स्थायी शत्रु कोहि हुँदैन भन्ने कुरा एकपटक फेरि सिद्द गरेको पनि केहि महिना बितिसकेको छ।ब्यवहारत: जे सुकै भए पनि नाममा कम्युनिष्टको रातो झण्डा बोकेका दुईवटा कम्युनिष्ट पार्टीले गत चुनावमा ऐतिहाँसिक तालमेल मात्र गरेनन्, आफ्नो प्रतिज्ञा अनुसार पार्टी पनि एक गराएरै छाडे। काङ्ग्रेसले कहिल्यै नसोँचेको यो एकीकरण बलियो हुँदै जाँदा समाजवादी पार्टी समेत जोडेर दुईतिहाईको मतादेश पाएको सरकारले राज्य संचालनमा अबका केहि बर्ष एक छत्र शासन चलाउने हो कि भन्ने शंका सत्ता इतरमा देखा पर्नु स्वभाविक नै हुने भयो।

Saftey Pads

मूलत: समृद्दिका सपनाको जगमा पाएको प्रचण्ड बहुमत र पार्टीको एकीकरणले वर्तमान सरकारलाई गणितीय रुपमा ईतिहाँसको सबैभन्दा बलियो बनायो, यसबेला सरकारले दृढ संकल्प लिने हो भने असम्भव कुरा केहि थिएन। नेपालको स्वरुपमा म्याजिक नै ल्याउन सक्ने ओली सरकारले आफ्नो शुरुवाती समयमा सकारात्मक काम पनि शुरु गरेकै हो। तर झन् परिपक्व हुँदै जानुपर्ने प्रकृतिको नियम बिपरित सरकार झन् पछि झन् ग़ैरज़िम्मेवार देखिएको आभास भएको छ।

सरकार गठनका झण्डै यतिका महिना ब्यतित हुँदा सरकारको काम प्रशंसायुक्त भन्दा आलोचनायुक्त मात्र भएको छ। स-साना काममा अल्झिदै जाँदा आफ्नै कार्यकर्ताले पनि सरकारलाई पत्याउन छाडिसकेका छन्। सुनकाण्ड होस या विमान खरीद अथवा सिण्डिकेटको क्षेत्रमा होस् या अपराध नियन्त्रणको क्षेत्रमा सरकार चुकेको चुक्यै छ।

एकैछिनको लागि यो सरकारले जानाजान कुनै राष्ट्रवादी र जनघाती काम गर्छ भनेर नपत्याईदिउँला तर किन सरकारले नै बोलेका कुराहरु पूरा गर्न सक्दैन? गुठी बिधेयक ठिक थियो भने किन फिर्ता भयो? नेपालमा गर्ने भनिएको आईफ़ा अवार्ड कार्यक्रम किन भएन?
सरकारका शक्तिशाली मन्त्रीहरु झण्डा हल्लाउँदै रिबन काट्न हिडेको हिड्यै छन्।झण्डै एक बर्ष अघि देखिको कन्चनपुरमा घटेको निर्मला पन्त हत्या प्रकरणमा प्रहरीकै संग्लग्नतामा प्रमाण लुकाएर बलात्कारी उम्काउने प्रपन्चदेखि आफैले प्रस्तुत गरेको गुठी सम्बन्धि बिधेयक,सरकारले आयोजना गर्ने भनेको आईफ़ा अवार्ड कार्यक्रम र भारतबाट आयात गर्ने तरकारीको बिषादी चेकजाँच कडाई गर्ने निर्णय आफै फिर्ता लिने जस्ता गतिबिधि देख्दा यस्तो लाग्छ,’सरकारमा बसेकाहरु खेलाँची गर्छन्, दुई तिहाईको बडेमानको सरकार जता टेक्छ, त्यतै भ्वाङ पर्छ।’
एकैछिनको लागि यो सरकारले जानाजान कुनै राष्ट्रवादी र जनघाती काम गर्छ भनेर नपत्याईदिउँला तर किन सरकारले नै बोलेका कुराहरु पूरा गर्न सक्दैन? गुठी बिधेयक ठिक थियो भने किन फिर्ता भयो? नेपालमा गर्ने भनिएको आईफ़ा अवार्ड कार्यक्रम किन भएन?

सबै कुराको स्पष्ट उत्तर छ: सरकारमा केपी ओली भए पनि नेपथ्यमा कोहि अर्कै छ, स्वार्थ समूहहरुले सरकारलाई प्रभाव पार्न कोशिश गर्छन् तर नागरिक समाज र दल भित्रकै मान्छेहरुले त्यसको बिरोध गर्छन्। अनि सरकार पटक पटक चुकेको छ, किनकि यो नेपथ्यमा कसैसंग झुकेको छ।

यो सरकारको भक्तिगान गाउन सरकारी ढुकुटीबाट लाखौँ खर्च गरेर तामझामका साथ ‘जनतासंग प्रधानमन्त्री’ नामक कार्यक्रम संचालित छ। कार्यक्रमको नाम जति सुन्दर छ त्यो भन्दा पनि यो कार्यक्रममा प्रधानमन्त्रीको प्रस्तुति एउटा आयोजना प्रमुख जत्तिको पनि छैन। कार्यक्रम एउटा धारावाहिक नाटक भन्दा माथि उठ्न सकेको छैन। कार्यक्रम संचालकलाई मलाई यो प्रश्न सोध र म यस्तो उत्तर दिन्छु भने जस्तो भान हुन्छ। न उहाँलाई सल्लाह दिने सल्लाहकारहरु गम्भिर छन्, न त उहाँकै पार्टीका नेताहरु नै गम्भिर देखिएका छन्।

अहिले नेकपा भनेको प्रधानमन्त्री ओली मात्र हो कि भन्ने भान हुन्छ। यदाकदा दाहालको नाम सुनिए पनि त्यो नाम प्राय: गुमनाम नै छ। त्यसो त कुर्सीको पालोको प्रतीक्षामा प्रचण्ड मौन छन् भन्ने पनि नसुनिएको होईन। गत चुनावमा पनि ओलीकै देश दौडाहाको चर्चा भयो, ओलीको सफलतामा उनको सबैभन्दा बढि योगदान होला तर उनी एक्लैले मात्र गरेको होईन। आफ्नो नाम ओझेलमा परेका नेताहरुले बढ्दो ओलीज्मको खतरा देखेरै पनि सरकारको प्रतिरक्षा गर्न सकेका छैनन्। गर्न चाहेका छैनन्।
कार्यकर्ताहरु कोही बुझेर हाँस्छन्, कोही नबुझेर हाँस्छन्। मानौ उनी प्रधानमन्त्री हैनन्, प्रख्यात हाँस्य कलाकार हुन्।
प्रधानमन्त्री जता जान्छन् त्यतै उखान टुक्का भन्दै लोकलाई हँसाउँछन्। विषयमा गाम्भीर्यता कतै छैन, प्रमुख राजनैतिक सल्लाहकारले सरकारको विरोध गर्नेलाई छौँडा भन्छन्, सरकारकै प्रवक्ताको बोलीमा मिठास छैन। दुई तिहाइ मतादेशको प्रधानमन्त्रीले त विकास र समृद्दिले पो जनता हँसाउने हो, न्याँयपूर्ण राज्यको प्रत्याभूति दिएर पो जनता हँसाउने हो, सामान्य गोबरग्याँसको उद्घाटन गर्दा अब काँधमा सिलिण्डर बोकेर हिड्ने दिन गए भनेर भाषण गरेको केहि दिनमा गोबरग्याँसप्लान्ट बिग्रेको समाचार आउँछ, हावाबाट बिजुली निकाल्ने कुरा गर्छन्, प्रस्तावक कम्पनी नै फेक ठहर्छ।
 
उनी जहाँ जान्छन् त्यहि बिषयको बिज्ञ जस्तो कुरा गर्छन्। कार्यकर्ताहरु कोही बुझेर हाँस्छन्, कोही नबुझेर हाँस्छन्। मानौ उनी प्रधानमन्त्री हैनन्, प्रख्यात हाँस्य कलाकार हुन्।

उनीसंग तीनै तहको सरकारमा मजाको बहुमत छ, सरकारी मिडिया उनकै खटनमा चल्छन्,पार्टीका कार्यकर्ताले चलाएका दर्जनौँ पत्रपत्रिका र टि.भी. च्यानलहरु छन् तर सरकारको खुलेर तारिफ़ भएन, सरकारको बचाउ भएन भनेर गुनासो उनै गरिरहन्छन्। केहि भक्त कार्यकर्ताहरुले सरकारलाई बचाउन त खोज्छन् तर तर्क र तथ्याङ्क प्रस्तुत गरेपछि दुलो भित्र पस्छन्।

धेरै भएको छैन, बलात्कार पछिको हत्याको छानबिनमा सरकारको आलोचना भईरहँदा उनले कार्यकर्तालाई ‘अरिङ्गाल बनेर प्रतिरक्षा गर्न’ उर्दी जारी गरेको। देशको अभिभावकको यस्तो उर्दी शोभनीय हुँदैन, उनको नजरमा सबै नागरिक बराबरी हुनुपर्थ्यो, कार्यकर्ता र कर्मचारीतन्त्रलाई ज्यामी माहुरी बन्न पो सुझाउनुपर्ने हो। जनताले चाहेको समृद्दि अरिङ्गाल बनेर हैन मेहनती ज्यामी माहुरी बनेर प्राप्त हुन्छ भन्ने कुरा उनले बुझ्नुपर्ने हो। तर अझै पनि टुक्का सुनेर जनता ढुक्क हुन्छन् भन्ने भ्रम छ प्रधानमन्त्रीलाई।
देशले धेरै कष्ट भोगेको छ,ओलीवादको प्रतिरक्षाका लागि अरिङ्गालवाद झन् घातक देखिईसकेको छ।सरकारी उदासीनताको परिणाम जनताले भोगिरहेका छन्। रातो कार्पेट, पिर्का, टेवल, माला र सोफा र तरकारी काण्डले सुनकाण्ड देखि वाईड बडी काण्ड ओझेल परेका छन्।

वालुवाटारमा धेरै प्रधानमन्त्रीका तस्विरहरु टाँगिएका छन्, भिमसेन थापादेखि केपी ओलीसम्मका तस्विरहरु टाँगिएपनि थोरै प्रधानमन्त्रीहरु मात्र जनताको मनमा बसेका छन्। मतादेशका आधारमा मनमा बस्नुपर्ने प्रधानमन्त्री दिन दिनै आलोच्य भएको देख्दा देश नै असफल हुने हो कि भन्ने चिन्ता बढ्दो छ।ऐतिहासिक रुपमा प्रचण्ड बहुमतको यो सरकार त कामले लोकप्रिय देखिनुपर्ने हो तर प्रधानमन्त्री बोल्यो कि अब कुन टुक्का भन्छन् भनेर ताली पिट्न र गलल हाँस्न आतुर हुनुलाई सरकारको प्रगति भनेर कसरी मान्नु?

हुनत प्रजातन्त्रपछिका धेरै बर्ष सत्ताको रजगज गरेको काङ्ग्रेस पनि गतिलो कहाँ छ र? सभापति शेर बहादुर देउवाको असक्षमता घाँटी घाँटीसम्म आईपुगेको छ।आफ्नो नेतृत्वको पार्टीले शर्मनाक हार बेहोर्दा राजिनामा दिनु त कता हो कता कम्युनिस्टहरु मिलेकोले गर्दा काङ्ग्रेस हारेको हो भन्ने जवाफ दिन्छन्। एक पटक पनि प्रधानमन्त्री नबनेका भारतीय काङ्ग्रेसका राहुल गान्धीले राजिनामा दिदा यिनलाई कतै छुँदैन।दोश्रो पुस्ता पार्टीमा घुँडामाथि सम्म पनि आउन सकेको छैन।

अन्य सम्बन्धित समाचार:  वामपन्थको बाह्रखरी: ओ ओली बा, कमरेड क, चरी चुच्चे च राष्ट्रवादी र…

नेकपाका अध्यक्षतिरै फर्कौँ: प्रधानमन्त्रीलाई चौध बर्ष जेल बसेकोमा गर्व छ तर बिरोधाभाष के भने त्यसरी जेल बसेको मान्छेको आफ्नै राजषी ठाँटप्रति त्यो भन्दा ठूलो गर्व छ जस्तो देखिन्छ। नागरिकको प्रिय हुन महाराजा हैन बरु भूमिगत काल जस्तै कमरेड नै हुनुपर्छ भन्ने कुरा उनले बिर्सेका छन्। बिशेष सोफ़ा, बिशेष भान्सा, बिशेष उपचार आदि सरकारका मानक बनेकोमा हामीले गर्व कहाँनिर गर्नु?

शक्तिको उन्माद भनौँ भने यस्तो निरिह सरकार कहिल्यै देखिएको थिएन, मतादेशकै कुरा गर्ने हो भने यो भन्दा बलियो सरकार अरु देखिएको थिएन तर यो सरकार केवल ‘हुटिट्याऊँको बथान’ जस्तै छ, काम भन्दा कुरा मात्र बढि छ।सत्तामा नयाँ भनौँ भने मन्त्री मण्डलमा राम्रै अनुभवीहरुकै बोलबाला छ तर काम चाहिँ सुको भएको छैन। गुण्डा, डन, कालो धन्दा गर्ने देखि, आचरण बिग्रेकाहरुको लागि भरपर्दो ओत भएको छ।

मैले गलत बोलेँ भन्ने लाग्छ भने नेकपाकै कार्यकर्ताहरुलाई सोध्नू, जिन्दगीभर त्याग गरेका मान्छेले बाटो बिराउँदा बिराएकाहरु नडराए पनि देश रुने रहेछ, शुभचिन्तकको मन रुने रहेछ। मलाई प्रधानमन्त्री ओलीलाई बाबुराम भट्टराईले भनेजस्तै केवल ‘निदुली बाहुन’ मात्र हुने हुन् कि भन्ने डर लागिरहेको छ।

प्रिय अरिङ्गाल मण्डली,
मेरो यति कुरा प्रधानमन्त्रीको कानमा पुर्याईदिनू है!
Maruti Cement