ओली र प्रचण्डबीच भेटवार्ता हुने

Prabhu Bank

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुने भएको छ । आइतबार बालुवाटारमा हुने भेटमा पार्टीका राजनीतिक प्रतिवेदन तथा एकताका बाँकी प्रक्रियाबारे छलफल हुने भएको हो ।

Saftey Pads

प्रधानमन्त्री समेत रहेका ओली र प्रचण्डबीच हुने छलफलमा पार्टीको आन्तरिक मजबुतीका विकल्पहरू सँगै पछिल्लो राजनीतिक परिवेशबारे पनि छलफल हुने भएको छ ।

दुई अध्यक्षले सीमामा भारतबाट आउने तरकारी र फलफूलको विषादीको मात्र जाँच गर्ने, नेपालमा हुने भनिएको भारतीय फिल्म अवार्ड आइफा बारे पनि छलफल गर्ने भएका छन् बुझिएको छ ।

राजनीतिक प्रतिवेदन र पार्टी एकता प्रक्रियाबारे कुरा मिलाउन दुई नेताबीच भएका पछिल्ला दुई छलफल निष्कर्ष विहीन बनेका थिए ।

अन्य सम्बन्धित समाचार:  कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि (तालिका सहित)
Maruti Cement