भोटेकोशीको बाढीले सिन्धुपाल्चोकमा २ जना बगायो

Prabhu Bank

काठमाण्डौ । भोटेकोशी नदिमा आएको बाढीले दुई जना बेपत्ता भएका छन्। शनिबार रातिको अविरल वर्षापछि भोटेकोशी नदीमा आएको बाढीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ मा निर्माणधिन शीवश्री हाइड्रोपावरमा कार्यरत दुई जना मजदुर बेपत्ता भएका हुन् ।

Saftey Pads

राति खाना खाएर सुत्न जाने क्रममा उनीहरू बाढीमा बेपत्ता भएको उनीसँगै काम गर्नेहरूले बताएका छन्।

हाइड्रो पावरका कर्मचारी खाने र सुत्ने ठाउँ अलगअलग रहेको जिल्ला प्रहरी कार्यलयका डीएसपी माधव काफ्लेले बताए। प्रहरी घटनास्थलतर्फ जाँदै गरेको र यसबारेमा थप विवरण आउँन बाँकी रहको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  पोखरामा चुरोट सल्काउने क्रममा आगो लाग्दा चार जना घाइते
Maruti Cement