कैलाली कञ्चनपुर र अछामका स्थानीय तहमा विप्लवको ताला

Prabhu Bank

काठमाण्डौ । नेत्रविक्रम चन्द विप्लव समूहले सुदूरपश्चिमका अधिकांश स्थानीय तहका वडा कार्यालयहरुमा तालाबन्दी गरेको छ। कैलालीको लम्कीचुहा नगरपालिका, धनगढी उपमहानगरपालिका सहितका १७ वटा वडामा तालाबन्दी गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Saftey Pads

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले, कैलालीका १३ वटै स्थानीय तहका १७ वटामा तालाबन्दी गरिएको खबर आएको बताए। उनले शनिबार राति लगाइएका ताला प्रहरीले तोडेर कार्यालय सञ्चालनमा आएको जानकारी दिएका छन्।

कैलालीको लम्कीचुहा नगरपालिकामा शनिबार राति कार्यालयमै भेटिएका कर्मचारी र जनप्रतिनिधिलाई विप्लवका कार्यकर्ताले थुनेका थिए। शनिबारको दिन राति साढे आठ बजेको समयमा कार्यालयमै काम गरिरहेको अवस्थामा भेटिएका दुईजना कर्मचारी र जनप्रतिनिधि बाहिरबाट ताला लगाए दिएपछि थुनिएका हुन्।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति भण्डारीले गुरु र आमाको हातबाट लगाइन् दसैँको टीका

कार्यालय समय बिहान १० देखि साँझ ५ बजे सम्म भएपनि लम्कीचुहा नगरपालिकामा भने विप्लव समूहका कार्यकर्ताले मध्यरातमा शंकास्पद काम गरिरहेकाले ताला लगाएको बताएका छन्।  धनगढी धनगढी उपमहानगरपालिका क्षेत्रमा पनि १४ वटा वडा कार्यालयमा तालाबन्दी गरिएको विप्लव समूहका एक नेताले बताए। तालाबन्दी गर्दै वडा कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी सेती(महाकाली व्युरोको पर्चा समेत राखिएको छ। कञ्चनपुरमा पनि ९ वटै स्थानीय तहमा तालाबन्दी गरिएको छ।

यस्तै अछामको मंगलसैन नगरपालिकाको वडा नम्बर १ कुन्ती र १३ बस्ती, ढकारी गाउँपालिकाको वडा नम्बर २ हिच्मा, तुर्माखाद गाउँपालिकाको वडा नम्बर २ भुलु र ७ तोषि, पञ्चदेवल बिनायक नगरपालिकाको कालेकाँडा, बाराला, लयाँटी र पुल्लेतोला तथा रामारोशन गाउँपालिकाको वडा नम्बर ३ शान्तडा, ४ बाटुलसैन र ६ भटाकाटियाका वडा कार्यालयमा तालाबन्दी गरेको विप्लव समूह निकट स्रोतले जानकारी दिएको छ ।

अन्य सम्बन्धित समाचार:  अछाममा धारिलो हतियार प्रहार गरी युवकको हत्या, एक जनाको अवस्था गम्भीर

वर्तमान सरकारले राष्ट्रघाती, जनविरोधी र भ्रष्टाचार बढाउने कामहरु गरिरहेकाले त्यसविरुद्ध पार्टीले आइतबार स्थानीय तह बन्द गराउने कार्यक्रम गरेको पर्चाहरुमा उल्लेख छ। पर्चामा आफ्नो पार्टीलाई वर्तमान सरकारले लगाएको प्रतिवन्धका विरुद्ध पनि चरणवद्ध आन्दोलन जारी रहेको उल्लेख छ। पार्टीको सेती महाकाली व्यूरोको नामबाट तालाबन्दी गरिएका कार्यालय अगाडी संसदीय व्यवस्था अन्त्य र सरकार खारेजीको माग गरिएका पर्चा समेत भेटिएका छन्।

Maruti Cement