झापामा करेन्ट लागेर एक प्राविधिकको मृत्यु, एक घाइते

Prabhu Bank

काठमाण्डौ । करेन्ट लागेर झापामा एक जना मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । गएराति साँझ ८ बजेतिर कमल गाउँपालिका–५ स्थित कावेली करिडोर पावरहाउसको सबस्टेसन अगाडि राजमार्गको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा सोही गाउँपालिकाका ५५ वर्षीय प्रेम खतिवडाको मृत्यु भएको हो ।

Saftey Pads

यस्तै मुगु घर भई प्राधिकरणमा कार्यरत ४९ वर्षीय हिक्मत बूढा गम्भीर घाइते भएका छन्। दुवै नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रका प्राविधिक रहेको बताइएको छ।

अचानक विद्युत चुहिँदा दुवै घाइते भएका थिए। घाइते खतिवडाको दमकस्थित लाइफलाइन अस्पतालमा ल्याउन साथ मृत्यु भएको प्रहरी निरीक्षक एक्तेनले बताए।

घाइते बुढालाई थप उपचारका लागि भारतको सिलगुडी लगिएको छ। घटनाको विस्तृत विवरण खुल्न सकेको छैन भने प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

अन्य सम्बन्धित समाचार:  र्‍यापर भीटेनलाई कारबाही गर्न प्रहरी हेडक्वार्टरको निर्देशन
Maruti Cement