काठमाडौंमा २४ घण्टा भित्र  ७२ मिलिमिटर वर्षा, आज बाढीको खतरा

Prabhu Bank

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले काठमाण्डौ उपत्यकामा बाढीको खतरा रहेको जनाएको छ । वाग्मती नदीको जलाधार क्षेत्रमा समेत बहाव बढ्ने र काठमाडौँ उपत्यका क्षेत्रमा शाखा नदीहरूले साँझ पछि सतर्कता तह पार समेत गर्न सक्ने जनाएको हो ।

Saftey Pads

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्र सर्वाधिक ७२ मिलिमिटर वर्षा भएको छ । यस्तै आज देशैभरका प्राय नदीनालाहरू बढ्दो क्रममा रहने पनि महाशाखाले जनाएको छ ।

त्रिशूली, बुढीगण्डकी, कोशी, मस्र्याङदी, सेती, दुधकोशी, सुनकोशी, तामाकोशी, कालीगण्डकी र कर्णालीमा आज मध्यान्ह पछि भोलिसम्म सबै नदीहरूमा बहाव बढ्ने सतर्कता अपानाउन महाशाखाले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  प्रसिद्ध बाग्लुङ कालिका भगवती मन्दिर दसैँमा सुनसान

 

 

Maruti Cement