तरकारीको विषादी परीक्षण नरोक्न नेविसङ्घको माग, सरकार विरुद्ध प्रदर्शन

Prabhu Bank

काठमाडौं । तरकारीको विषादी परीक्षण नरोक्न माग गर्दै नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घले प्रदर्शन गरेको छ।

Saftey Pads

हालैमात्र सरकारले भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण गर्ने व्यवस्था गरे पनि केही दिनमै उक्त निर्णयबाट सरकार पछि हटेको विरुद्घ विद्यार्थीहरूले प्रदर्शनीमार्गमा तयारीसहित प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले राष्ट्रवाद कता हरायो, विषादीयुक्त तरकारी नल्याऊ, तरकारी मार्फत् जनतालाई विष खुवाउने कार्य बन्द गर आदि नारा लेखेका प्लेकार्ड बोकेका थिए ।

अन्य सम्बन्धित समाचार:  आइतबार महानवमी पर्व, बलिसहित दुर्गा भवानीको पूजा गरिँदै
Maruti Cement