ओली र प्रचण्डबीच भेटवार्ता सकियो, के भयो सहमति ?

Prabhu Bank

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सकिएको छ । दुवै अध्यक्षबीच पटक पटक छलफल भएपनि आइतबार बालुवाटारको छलफल सहमतिमा पुगेको हो ।

Saftey Pads

पार्टी एककीरण भएको १३ महिनापछि राजनीतिक प्रतिवेदनका विवादित विषयमा सहमति भएको हो । एक वर्ष अघिनै राजनीतिक प्रतिवेदन, विधान लगायतका दस्तावेज अध्ययन गरेर सम्पादन गर्ने जिम्मा अध्यक्षद्वयलाई दिइएको थियो ।

पछिल्लो पटक सचिवालय बैठकमा समेत यसबारेमा कुरा उठेपछि दुवै अध्यक्षले आफू हरूले चाँडै टुङ्गो लगाउने बताएका थिए । पछिल्लो पटक मदन भण्डारी जयन्तीका अवसरमा अध्यक्ष ओलीले जनताको बहुदलीय जनवाद नै अब जनताको जनवाद भएको बताएका थिए ।

अन्य सम्बन्धित समाचार:  गोकुल बाँस्कोटालाई उन्मुक्ति दिँदै अख्तियार

सोही आधारमा राजनीतिक प्रतिवेदनमा सहमति जुटेको नेताहरूले बताएका छन् । राजनीतिक प्रतिवेदनमा सहमति जुटे पनि केन्द्रीय सदस्यहरूको कार्य विभाजनको एजेण्डा भने सेलाएको छ ।

Maruti Cement