प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ठूलो हिस्साले रोजगारी प्राप्त गरेः मन्त्री विष्ट

Prabhu Bank

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ठूलो हिस्साले रोजगारी प्राप्त गरेको बताएका छन्।

Saftey Pads

राष्ट्रियसभाको आइतबारको बैठकमा ’विनियोजन विधेयक २०७६’का सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमाथि उठेका प्रश्न तथा गुनासाबारे जवाफ दिँदै मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम नेपालको सन्दर्भमा सबैभन्दा नौलो कार्यक्रम भए पनि काम गर्ने उमेर समूहकाले रोजगारी प्राप्त गरेको मन्त्री विष्टले दाबी गरका हुन् ।

यस कार्यक्रम मार्फत पनिसरकारले आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न सम्भावित रोजगारी खोजी गरिरहेको अवस्थामा छोटो अवधिमा ७१ वटा क्षेत्रमा सरकारले रोजगारीका अवसर सिर्जना गरिसकेको जानकारी दिए।

रोजगारीका मुख्य क्षेत्रहरुको पहिचान गरी आउँदो एक वर्षमा कति रोजगारीको सम्भावना रहन्छ र आगामी ५ वर्ष्भित्रमा कति रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने बारेमा सरकारले अध्ययन गरिरहेको बताए।

अन्य सम्बन्धित समाचार:  बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु
Maruti Cement