मोस्ट वान्टेड ‘बादशाह’ सार्वजनिक

Prabhu Bank

काठमाण्डौ । जघन्य अपराधको मुद्दामा फरार रहेका कपिलवस्तु जिल्लाको मायादेवी ४ पिपराका नसिम अहमद मुसलमान (जाबेद बादशाह)लाई कपिलवस्तु प्रहरीले सार्वजनिक गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) द्वारा शनिबार बिहान काठमाडौँको सिनामंगलबाट नियन्त्रणमा लिईएका बादशाहलाई आइतबार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।

Saftey Pads

कपिलवस्तु प्रहरीको समन्वयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको एक टोलीले काठमाण्डौबाट पक्राउ गरेको बादशाहलाई शनिबार राति नै कपिलवस्तु ल्याइएको प्रहरी उपरीक्षक दीपशमशेर जबराले बताए ।

पक्राउ परेका बादशाहमाथि २०६३ जेठ १९ गते कपिलवस्तु फुलिका– ३ का धर्मराज बराईको छोराको धारिलो हतियार प्रहार गरी हत्या गरेको, २०६४ फागुन ६ गते मोतिपुर १ का भुवन भन्ने प्रेम परियारको गोली हानी हत्या गरेको, २०६४ चैत ९ गते हथिहवा ३ का शिवपुजन कुर्मीको गोली हानी हत्या गरेको, २०६५ भदौ २० गते कपिलवस्तु नगरपालिका १० का पारसनाथ कोहारको श्रीमती अकला कोहारको हत्या गरेको, २०६५ कार्तिक ९ गते तत्कालीन पिपरा गाविस सचिव राम मिलनप्रसाद गुप्ताको गोली हानी हत्या गरेको, २०६७ वैशाख १३ गते पकडी ६ का राजेन्द्र प्रसाद तिवारीको हत्या गरेको मुद्धा दर्तामा रहेको छ ।

अन्य सम्बन्धित समाचार:  आज राति मृगशिरा उल्कावर्षा हुने

यसैगरी पछिल्लो पटक २०७४ साल वैशाख १३ गते मायादेवी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष फतेह मोहम्मदको छोरा ४ वर्षीय मोहम्मद अयमान मुसलमानको अपहरणपछि हत्या गरेको र २०६४ वैशाख १७ गते कपिलवस्तु नगरपालिका–१ का सन्दीप कुमार गुप्ताको जीप रोकेर हतियार देखाई २ लाख रुपैयाँ लुटेको मुद्दाहरु रहेका छन् ।

Maruti Cement