डा. सिद्धि अर्याल साझा पार्टीमा, अन्तर्राष्ट्रिय संस्थाको जागिरबाट राजिनामा 

Prabhu Bank

काठमाण्डौं।
विश्व स्वास्थ्य पद्धति विकासमा विद्यावारिधि गरेका डा. सिद्धि अर्याल साझा पार्टीमा आवद्ध भएका छन्। उनी सयवटा भन्दा बढी देशमा काम गर्ने विश्व परामर्शदातृ संस्था क्युइडि ग्रुपको एसिया क्षेत्रको निर्देशक पदमा कार्यरत थिए। डा. अर्याल उक्त पदबाट राजिनामा दिई साझा पार्टीमा आवद्ध भएको साझा पार्टीले जनाएको छ।
साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले विज्ञप्ति जारी गरि डा. अर्याल साझामा आवद्ध भएको पुष्टि गरेका छन्।
साझा पार्टीमा आवद्ध भएसँगै डा. अर्यालले आफ्नो बुद्धि विवेक र इमानदारी साझा पार्टीको निर्माण र देश रुपान्तरणमा लगाउने प्रतिक्रिया दिएका छन्।

Saftey Pads

को हुन डा. सिद्धि अर्याल?
संयुक्त राज्य अमेरिकाबाट अन्तराष्ट्रिय स्वास्थ्यमा स्नातकोत्तर र विश्व स्वास्थ्य पद्धति विकासमा विद्यावारिधि गरेका ४४ वर्षिय सिद्घि अर्यालले गत १८ वर्ष यता विभिन्न अन्तराष्ट्रिय सङ्गठनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए। क्युइडि ग्रुपका निर्देशक हुनुअघि डा अर्याल मलेरिया कन्सोर्टियमका एसिया निर्देशक, युएनडिपि र युएनएड्सका एसिया क्षेत्रका सल्लाहकार पनि रहिसकेका छन्। उनी पछिल्ला केही वर्षदेखि म्यानमारलाई आधार बनाएर कार्यरत थिए।

अन्य सम्बन्धित समाचार:  सोमबार बडादसैँ, टीकाको उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा

उनले सन्सारका दर्जनौँ देशहरूका राष्ट्रिय, प्रान्तीय तथा स्थानीय निकायहरूका स्वास्थ्य पद्धति सुधारका लागि नीति निर्माण गर्ने, रणनीतिक योजना बनाउने र कार्यान्वयनका संरचनाहरू तयार पार्ने कार्यको नेतृत्व गरेका छन्।

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले के भने?
डा. अर्याल साझा पार्टीमा आवद्ध भएसँगै पार्टीका संयोजक रवीन्द्र मिश्रले एकै पुस्तामा नेपालको रूपान्तरण गर्न  आँफुहरुलाई सबै नेपालीहरूको साथ र सहयोगको खाँचो भएको प्रतिक्रिया दिए। ‘सिद्धि अर्यालजस्ता क्षमतावान् र स्वदेश तथा विदेशको व्यापक अनुभव सङ्गालेका नेपालीले प्रतिष्ठित अन्तराष्ट्रिय जागिर छोडेर पार्टी निर्माणमा सहभागि हुनुले हामीलाई हाम्रो लक्ष्यमा पुग्न बलियो सङ्केत प्रदान गरेको छ।’ मिश्रले भने।

 

Maruti Cement