गैरमानवीय व्यवहारको घटना सुन्दा पीडाबोध हुन्छः गृहमन्त्री

Prabhu Bank

काठमाण्डौ । गृहमन्त्री रामबहादुर थापाले महिला, दलित एवं समाजका सीमान्तकृत समुदाय प्रति हुने गरेका गैरमानवीय व्यवहारको घटना सुन्दा आफूलाई पीडाबोध हुने बताएका छन् । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका प्रहरी सहायक निरीक्षक आधारभूत तालीम १७५ औँ समूहको आइतबार दीक्षान्त समारोहमा उनले यस्ता कार्यलाई समाजबाट निरुत्साहित गर्न र पीडकलाई दण्डित गर्न दीक्षित भई जाने प्रहरीको भूमिका महत्वपूर्ण रहने बताएका हुन्।

Saftey Pads

उनले यस्ता अमानवीय क्रियाकलापलाई समाजमा उन्मुक्ति नदिने प्रतिबद्धताका साथ परिचालन हुन निर्देशन दिएका छन् । राज्य पुनः संरचनाको अवस्थामा सामाजिक सद्भाव र सुरक्षामा खलल पु¥याउनसक्ने सम्भावना रहेकाले प्रहरी संयन्त्रले सूक्ष्म विश्लेषण गरी योजनाबद्ध रूपमा कारवाही गर्नुपर्ने बताएका छन् ।

अन्य सम्बन्धित समाचार:  भारतीय सेना प्रमुख नरभाने कात्तिक १९ मा काठमाडौँ आउने

उनले यस अवस्थामा विभिन्न आपराधिक, विखण्डनकारी तथा वर्तमान राज्य प्रणालीप्रति असन्तुष्ट व्यक्ति तथा समूहमाथि सूक्ष्म विश्लेषण गरी कारवाही गर्न प्रहरी संयन्त्रले कुनै कसर बाँकी राख्ने छैन भन्नेमा आफू विश्वस्त रहेको बताए ।

दीक्षित भई जाने प्रहरीको काँधमा कानूनी राज्य अनि सामाजिक न्याय सुनिश्चित गर्ने गहन जिम्मेवारी रहेको उनले बताए । प्रहरी कुनै पनि घटनाको पहिलो साक्षी अनुसन्धानकर्ता र न्यायाधीश भएको भन्दै थापाले प्रहरीले गरेका हरेक क्रियाकलापले पीडितले न्याय पाउने सुनिश्चितता हुने र कुनै लापरवाही गरेमा अभियुक्तले छुट पाउन जाने अवस्था हुने बताए ।

देशको अबको गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएको भन्दै उनले व्यावसायिक जीवनमा आइपर्ने चुनौतीलाई आफ्नो इमानदारी, निष्पक्षता र व्यावसायिक कौशल र युक्ति लगाएर परास्त गर्न निर्देशन दिए ।

अन्य सम्बन्धित समाचार:  खुट्टा छिनालेको आरोपमा ३३ पक्राउ
Maruti Cement