तरकारीको विषादी परीक्षण नगर्ने निर्णयप्रति कांग्रेसको आपत्ति

Prabhu Bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षण नगर्ने निर्णयप्रति आपत्ति जनाएको छ ।

Saftey Pads

आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जनताको स्वास्थ्यमाथि गम्भिर खेलबाड हुने गरी सरकारले लिएकोे निर्णयबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेका हुन् ।

उनले सरकारले भारतसामु लम्पसारवादी नीति लिएकै कारण सो निर्णय लिएको आरोप पनि लगाए । प्रमुख सचेतक खाँडले जनताको स्वास्थ्यमाथि गम्भिर आघात पुर्याउने गरी निर्णय लिएर सरकारले शक्तिराष्ट्र भारतसामु निरिहता प्रकट गरेको पनि बताए ।

सरकारले जनताको स्वास्थ्यमाथि गम्भिर आघात पुग्ने गरी सो निर्णय लिएकाले त्यसप्रति आफ्नो पार्टीको आपत्ति रहेको प्रमुख सचेतक खाँडको भनाइ छ ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति भण्डारीले गुरु र आमाको हातबाट लगाइन् दसैँको टीका
Maruti Cement