राखेपको सदस्य सचिवमा रमेश सिलवाललाई नियुक्त गरिने

Prabhu Bank

काठमाडौं ।  सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा रमेश सिलवाललाई नियुक्त गरिने भएको छ।

Saftey Pads

यसअघि विवादित नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्षसमेत रहेका धादिङका सिलवाललाई खेलकुद मन्त्रालयले राखेपको सदस्य सचिव बनाउने भएको हो ।

स्रोतका अनुसार उनको नियुक्तिबारे हाल मन्त्रालयमा अन्तिम छलफल चलिरहेको छ। गत असार ९ गते केशबकुमार विष्टको कार्यकाल सकिएपछि राखेप सदस्यसचिव पद खाली रहेको थियो ।

राखेप उपाध्यक्ष पीताम्बर तिम्सिनाले पनि सिलवाललाई नयाँ सदस्यसचिवमा नियुक्तिका लागि अन्तिम छलफल भइरहेको बताए।

अन्य सम्बन्धित समाचार:  आईपीएलबाट बाहिरियो चेन्नई
Maruti Cement