विषादी परीक्षण नगर्ने निर्णयविरुद्ध तरुण र नेविसङ्घले आन्दोलन गर्ने

Prabhu Bank

काठमाण्डौ । सरकारले विषादी तरकारी नाकामा परीक्षण नगरे नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

Saftey Pads

भारतबाट आएन तरकारी र फलफूलमा हुने विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै काङ्ग्रेसको भातृ सङ्गठनले तत्कालै परीक्षण सुचारु गर्न माग गरेका हुन्।

तरकारी र फलफूल परीक्षण छाडेर सरकारले आम नागरिकको स्वास्थ्यसँग गम्भीर खेलवाड गरेको नेविसङ्घका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले विज्ञप्ति निकालेर उल्लेख गरेका छन्।

नेविसङ्घले असार २३ गते देशैभरका क्याम्पस अगाडि विषाक्त तरकारी, फलफूलसहित प्रदर्शन गर्ने, २४ गते ७७ जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई विषादी मिसिएका तरकारी पठाउने, २५ गते विषाक्त तरकारी र फलफूल बहिष्कार प्रचारप्रसार गर्ने, २६ गते मसाल जुलुस र २७ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।

अन्य सम्बन्धित समाचार:  चौरसियाको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न अध्यक्ष दाहालको माग

यस्तै, तरुण दलका कार्यवाहक अध्यक्ष उत्तम चापागाइँले विज्ञप्ति निकालेर सरकारले सत्ताको स्वार्थ हेरेर भारतबाट आयातित तरकारी र फलफूलको विषादी परीक्षण रोकेको उल्लेख गरेका छन्।

सरकारले हचुवामा जनविरोधी निर्णय गरेको भन्दै तत्काल तरकारीमा हुने विषादी परीक्षण गर्न सरकारसँग तरुण दलले माग गरेको हो।

Maruti Cement