लागूऔषध कारोबार गर्ने दम्पती पक्राउ

Prabhu Bank

काठमाडौं । लागूऔषध नियन्त्रण व्यूरोको टोलीले लागूऔषधको कारोबार गर्ने दम्पतीलाई नियन्त्रण गरेको छ । ललितपुरमा टेलरिङ पसल थाप्दै लागूऔषधको कारोबार गर्दै आएका  रामेछाप दोरम्बा गाँउपालिका–७ का २५ वर्षीय सुरेन नगरकोटी र उनकी श्रीमती २१ वर्षीय अजिता गुरुङलाई पक्राउ गरेको हो ।

Saftey Pads

उनीहरूको साथबाट नियन्त्रित मनोद्विपक लागूऔषध डाईजेपाम १७८३ एम्पुल, बुप्रोनोर्फिन २१२१ एम्पुल र फेनारगन १२०१ एम्पुल गरी जम्मा ५१०५ एम्पुल र १ लाख ५० हजार नगद बरामद भएको छ । टेलरिङ पसलबाट बिभिन्न ब्रान्डका मोबाइल सेट ३६ थान, आईप्याड ३ थान समेत बरामद भएको छ ।

प्रारम्भिक अनुसन्धानबाट सुरेन नगरकोटी विगत लामो समयदेखि लागूऔषध एम्पुलको कारोबार गर्दै आइरहेको र बरामद भएका मोबाइल सेट, आईप्याड र पावर बैंक विभिन्न सेवनकर्ता हरु लाई उधारोमा लागूऔषध एम्पुल दिई धरौटी स्वरुप राख्ने गरेको खुलेको व्युरोले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  आज राति मृगशिरा उल्कावर्षा हुने
Maruti Cement