डाइपरमा लुकाएर यसरी ल्याए सुन, २ जना प्रहरीको नियन्त्रणमा

Prabhu Bank

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।  महानगरीय प्रहरी परिसर काठमाडौं र विमानस्थलको संयुक्त टोलीले कतारको राजधानी दोहाबाट हिमालयन एयरलाइन्समा काठमाडौं आएका मोरङका लिलाबहादुर बस्नेत र नेपाल एयरलाइन्स मार्फत आएका नवलपरासीका वीरबहादुर थारूलाई नियन्त्रणमा लिएको हो ।

Saftey Pads

उनीहरुले बच्चाले प्रयोग गर्ने डाइपरमा लुकाएर सुन ल्याएका थिए। डाइपरमा र्‍याप गरेर सर्टको टाँकको आकार बनाएर सुन तस्करी भएको काठमाडौं परिसरका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

उनीहरु दुबै भरिया भएको प्रहरीले जनाएको छ। बरामद सुनको तौल अन्दाजी आधा किलो हाराहारी भएको प्रहरीले जनाएको छ। अहिले सुन परीक्षण र तौलका लागि पठाइएको छ भने पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

अन्य सम्बन्धित समाचार:  स्याङ्जा: हत्या अभियोगमा चार जना पक्राउ
Maruti Cement