प्रतिनिधिसभामा तीन विधेयक पेश

Prabhu Bank

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सदनसमक्ष तीन विधेयक पेश भएको छ ।

Saftey Pads

बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५, बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७५ र खानेपानी तथा सरसफाइ विधेयक, २०७५ पेश भएका हुन् ।

दुई विधेयक कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले र खानेपानीमन्त्री बीना मगरले खानेपानी तथा सरसफाइ विधेयक, २०७५ पेश गर्नुभएको हो ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार ११ बजे बस्नेछ ।

अन्य सम्बन्धित समाचार:  बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु
Maruti Cement