अफगानिस्तानमा आत्मघाती बम आक्रमण, १२ जनाको मृत्यु

Prabhu Bank

काठमाडौं । तालिबान आतंकवादी समूहले आइतवार अफगानिस्तानको मध्यभागमा आत्मघाती कार विस्फोट गराउँदा १२ जनाको मृत्यु भएको छ भने १५० जनाभन्दा बढी घाइते भएका छन् ।

Saftey Pads

तालिबान समेत संलग्न अफगानी शान्तिवार्ता कतारको राजधानी दोहामा भइरहँदा यो आक्रमण भएको हो । प्रान्तीय परिषद्का सदस्य हसन रजा यूसाफीले गजनीमा कार बलमे निकै क्षति र्पुयाएको बताए । मारिनेमा आठजना सुरक्षाकर्मी पनि रहेको उनले बताए ।

धेरैजसो घाइते नजिकैको हाईस्कूलका विद्यार्थी रहेको प्रान्तीय स्वास्थ्य विभाग प्रमुख जाहिर शाह नेकमलले बताए । घाइते हुने धेरैजसोलाई फुटेको शीशाले काटेको थियो ।  तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहेदले आत्मघाती आक्रमणको जिम्मेवारी लिए ।

गजनीमा जासूसी सेवाको भवनको प्रांगणलाई तारो बनाइएको उनले बताए । बम विस्फोटका कारण थुप्रै जासूसहरू मारिएको उनको भनाइ छ । एजेन्सी

अन्य सम्बन्धित समाचार:  अस्ट्रेलियाकाे मेलबर्नमा झण्डै ४ महिनापछि लकडाउन अन्त्य
Maruti Cement