कार्यकर्ताको अन्यौलताको अवधि समाप्त भयोः प्रचण्ड

Prabhu Bank

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब कार्यकर्ताको अन्यौलताको अवधि समाप्त भएको बताएका छन् ।

Saftey Pads

आइतबार नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन एकता महाधिवेशन उद्घाटन गर्दै उनले आइतबार बिहान दुई अध्यक्ष बसेर पार्टीको राजनीतिक दस्तावेजको काम पूर्ण रुपमा टुंगिएको बताएका हुन्।

राजनीतिक प्रतिवेदन नहुँदा कुन पार्टीको विचार, राजनीतिका कार्य्दिशा, संगठानत्मक नीति विधि यो सबै के को, कुन चाहि आधिकारिक हो कुन नेताले भनेको आधिकारिक हो, कुन नेताले भनेको आधिकारिक होइन् भन्ने कन्फ्युजन देखिएको भन्दै उनले आजैबाट त्यसको अन्त्य गरेको बताए।

अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन छापिएर कार्यकर्ताका हातमा पुगेपछि कार्यकर्ता आफैँले विचारबारे जज गर्ने बताए। पार्टीको एकता महाधिवेशन एकताका र सहमतिका आधारमा गर्ने गरी राजनीतिक प्रतिवेदन आएको उनको भनाइ थियो।

अन्य सम्बन्धित समाचार:  कर्णालीका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत
Maruti Cement