धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या, श्रीमती नियन्त्रणमा

Prabhu Bank

काठमाण्डौ । सर्लाहीमा धारिलो हतियार प्रहार गरि श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । जिल्लाको ईश्वरपुर नगरपालिका १२ कालिन्जोर लामीदमारमा ५४ वर्षीय अम्बरबहादुर परियारको टाउको र ढाडमा धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।

Saftey Pads

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा मृतककी श्रीमती ५७ वर्षीया सोनामाया नेपालीलाई नियन्त्रणमा लिइएको छ। स्थानीयवासीका अनुसार प्रायः मदिरा सेवन गरिरहने अम्बरबहादुर र सोनामायाबीच झगडा भइरहन्थ्यो। सोनामायाले हाल श्रीमानको हत्या स्वीकार नगरे पनि घटनामा उनकै संलग्नता हुनसक्ने प्रहरीको आशंका छ घरमा श्रीमान श्रीमती मात्र बस्दै आएका थिए।

लामीदमारका स्थानीयवासीले बिहान ७ बजेतिर ईश्वरपुर नगरपालिका १२ का वडाध्यक्ष नागेन्द्र पाख्रिनलाई जानकारी गराएका थिए । पाख्रिनलाई घटनाबारे जानकारी गराएपछि उनले प्रहरीमा खबर गरेका थिए। मृतकको शव पोष्टमार्टमका लागि आइतबार दिउँसो जिल्ला अस्पताल मलंगवा पठाइएको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक गौरव महतले बताए।

अन्य सम्बन्धित समाचार:  रमेश महर्जनको अध्यक्षतामा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ गठन

उनले मृतककी श्रीमतीसँग घटनाको सम्वन्धमा सोधपुछ भइरहेको बताए। प्रहरीले घटनास्थलबाट एक थान बञ्चरो बरामद गरेको छ। कालिन्जोरबाट बाँके खोलाको बाटो हुँदै घटनास्थलमा पुग्नु पर्ने भएकाले मृतकको शव ल्याउन छ घण्टा भन्दा बढी समय लागेको प्रहरी निरीक्षक महतले बताए।

Maruti Cement